उत्तरी डार्फरको बजारमा सुडानी सेनाको हवाई आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको मङ्गलबार लोकतन्त्र समर्थक वकिलहरूको समूहले जनाएका छन । इमर्जेन्सी लयर्सले सोमबार भएको हवाई आक्रमणमा सयौँ घाइते भएको बताएको छ ।
यो आक्रमण एल फासेर राज्यको राजधानीबाट करिब १८० किलोमिटर पश्चिममा पर्ने काब काबिया सहरमा भएको थियो । यहाँ परामिलिट्री ¥यापिड सपोर्ट फोर्सेस आर एस एफले मे महिनादेखि घेराबन्दी गरिरहेका छन् ।
आर एस एफ र नियमित सेनाबीचको युद्धले अहिलेसम्म दशौँ हजारको ज्यान लिएको छ भने एक करोड १० लाखभन्दा बढी विस्थापित भएका छन् र संयुक्त राष्ट्र सङ्घले यसलाई हालको इतिहासको सबैभन्दा खराब मानवीय सङ्कट रहेकोमा प्रस्टएका छन ।
हवाई आक्रमण सहरको साप्ताहिक बजारको दिनमा भएको थियो, त्यहाँ नजिकैका विभिन्न गाउँका बासिन्दाहरू किनमेल गर्न भेला भएका थिए, आक्रमणबाट एक सयभन्दा बढी व्यक्तिको मृत्यु भयो र महिला र बालबालिका सहित सयौँ घाइते भएका हुन ।