सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ स्थित प्रशवनी सरदार टोलमा नवनिर्मित मन्दिरमा सोमबार गेडसिंह वावाको मुर्ती स्थापना गरिएको छ । मन्दिर निर्माण समितिद्वारा आयोजित एक समारोहका वीच गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले मुर्ती स्थापना गरेका हुन् । गाउँपलिकाको १० लाख र ५ लाख चन्दाबाट संकलन गरिएको रकम गरी कुल १५ लाखको लागतमा निर्मित मन्दिरमा प्रमुख अतिथि अध्यक्ष चौधरीले मूर्ती स्थापना गरी रिवन काटेर मन्दिर उद्घाटन गरेका थिए ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका कार्यपालिका सदस्य कपिल सरदारको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, अभियान्ता शोधकर्ता बोधराज सुवेदी, नेपाल बाँतर सरदार समाज कल्याणकारी समिति केन्द्रीय वरिष्ठ उपाध्यक्ष मखन लाल सरदार, महिकर श्यामा माध्यमिक विद्यालय प्रशवनीका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, समाजसेवी उचित नारायण चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका हुन ।
बाँतर जाति युवा संघ सप्तरीका अध्यक्ष रामलाल सरदारद्वारा संचालित कार्यक्रममा स्वागत साविक प्रशवनी गाविसका उपाध्यक्ष रामलगन सरदारले गरेका थिए भने कार्यक्रममा मन्दिर निर्माणमा योगदान पुर्याउने दर्जनौं व्यक्तित्वहरुलाई कदर पत्रद्वारा सम्मान समेत गरिएको थियो ।