सिरियामा असद शासन अन्त्यको घोषणा

कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ। उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन्। सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामीले दमास्कस सहरलाई स्वतन्त्र घोषणा गरेका छौं’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिएका हुन ।

दमास्कसबाट एएफ पीले खिचेको तस्बिरमा विद्रोहीहरूले सूर्योदयको समयमा हवाई फायर गरेका, केहीले विजयको चिन्ह चम्काइरहेको र ‘अल्लाहु अकबर’ वा ईश्वर महान् हुनुहुन्छ भनी चिच्याइरहेको देखिएको हो । तस्बिरमा कोही उत्सव मनाउन सेनाका बख्तर बन्द गाडीमाथि चढेका कोही असदका पिता हाफेजको ढलेको शालिकमा सुतेर तस्बिर लिइरहेको देखिएको थियो।

‘बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार तथा जबर्जस्ती विस्थापनपछि हामी आज यो कालो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको सुरुवातको घोषणा गर्दै छौं,’ विद्रोही समूहले टेलिग्राममा भनेका छन्। सिरियाली प्रधानमन्त्री मोहम्मद अल जलालीले सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्व सँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन्।

Advertisement

बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था सिरियन अब्जर भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपी सँग भने, ‘राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसकेका छन। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा भइरहेको ‘असाधारण घटनालाई नजिकबाट नियालिरहेको ह्वाइट हाउसले जनाएको हो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement