एनपीएल अंक तालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सलाई चीन भ्रमणमा लगिने

नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा लगातार चौथो जित निकालेको जनकपुर बोल्ट्सलाई टोलीको गोल्ड पार्टनर टेक्नोले चीन भ्रमण गराउने भएको छ। लगातारको जीतले उत्साहित बनेको टोलीलाई थप उत्साहित र मानसिक रुपमा बलियो बनाउने उद्धेश्य सहित टीमलाई चीनको भ्रमणले रोमाञ्चक गराउने टेक्नोले जनाएको हो।

जनकपुरले आइतबार आफ्नो चौंथो जित निकलेको थियो । टियू मैदान कीर्तिपुरमा भएङ्को खेलमा जनकपुर बोल्टस्ले लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग, एनपीएलको शीर्ष स्थानमा उक्लिदा ४ खेलबाट ८ अंकसहित बोल्ट्स अहिले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै आज सोमबार नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा कुनै खेल नराखिएको हो । आज खेलाडीको आरामका लागि कुनै खेल नराखिएको बताइएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement