सम्बन्ध विच्छेदपछि एक चिनियाँले मानिसहरुमाथि चलाए कार, ३५ जनाको मृत्यु

चीनको जुहाइ शहरमा एक व्यक्तिले मानिसहरुमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु भएको छ । ती व्यक्तिले रंगशाला बाहिर व्यायाम गरिरहेका मानिसहरुमाथि कार कुदाएका हुन् । यो दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४३ जना भन्दा बढी घाइते भएका छन् ।

६२ वर्षीय व्यक्तिले स्पोर्ट्स सेन्टरमा आफ्नो गाडी पसाएका थिए भने अधिकारीहरुले यसलाई गम्भीर हमला भनेका छन् । चिनियाँ सञ्चार माध्यमका अनुसार गाडी चलाउने व्यक्तिले भाग्ने कोसिस गरेका थिए, तर पक्राउ परेका छन् । उनले आफैंमाथि आक्रमण गरेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अधिकारीहरुका अनुसार आरोपित व्यक्ति सम्बन्ध विच्छेदपछि सम्पत्ति बाँडफाँटको विषयलाई लिएर असन्तुष्ट रहेका कारण उनले यो घटना गराएको हुनसक्ने आशंका गरिएको छ भने उनी कोमामा रहेकाले पुलिसले सोधपुछ गर्न भने नसकेको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement