राजधानी जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव शुरु

प्राचीन मिथिलाको राजधानी जनकपुर धाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहपूर्वक उक्त महोत्सवमा जुटेका हुन ।

प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्म भूमिबाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिएको जनकपुर धाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी राम रोशन दास वैष्णले जानकारी दिएका छन । उनले भगवान राम र माता सीताको पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन जनकपुर धाम अहिले चहलपहल र उत्साहले भरिएको बताएका हुन ।

उनले पञ्चवर्षीय विवाह महामहोत्सवको तयारीलाई व्यवस्थित बनाउन सम्पूर्ण मिथिलावासी लागि परेको बताउँदै भने, “यो मिथिलाको धार्मिक, संस्कृति उत्सवसँग जोडिएको पर्व हो, जसको तयारीमा प्रत्येक वर्ष मिथिलाका प्रत्येक नागरिक खुला मनले लाग्ने गर्छन् र अयोध्याबाट आएका पाहुनाका लागि खाना तथा वासको व्यवस्था पनि पूर्णरुपमा हाम्रो जिम्मेवारी रहेको जनाएका छन । जसअन्तर्गत जनकपुरधाका मारवारी सेवा समिति, कलवार कुट्टी, सुडी कुट्टी, रौनियार सेवा समितिले आवासको व्यवस्था गरिएको छ भने सो स्थानका भोजनको व्यवस्था जानकी मन्दिरको तर्फबाट आयोजना हुने महन्तका उत्तराधिकारी राम रोशन दासले बताएका हुन ।

Advertisement

महन्तका उत्तराधिकारी दासका अनुसार विवाह पञ्चमीको अवसरमा जनकपुरधामवासी मात्र नभएर स्थानीय सरकार तथा यहाँका युवा क्लबहरू पनि तयारीमा जुटेका र यहाँका चौक चौराहा मठ मन्दिरहरू पनि सजाउन थालिएका छन् । त्यस्तै जनकपुरधाम उपमहानगर पालिकाले पनि विवाह पञ्चमी तयारीमा तीव्र रुपमा लागेको हो ।

त्रेता युगमा भगवान् राम र माता सीताको विवाहलाई स्मरण गर्दै मनाइने विवाह पञ्चमी महामहोत्सवलाई सफल बनाउन जनकपुरधाम उपमहानगर पालिकाले विशेष तयारी गरिरहेको छ भने जनकपुरधाममा नेपाल र भारतलगायत विभिन्न देशबाट लाखौं तीर्थयात्री र पर्यटकको आगमन हुने भएकाले उपमहानगर पालिकाले व्यवस्थापनका लागि विभिन्न उपायहरू अपनाएको हो ।

जसअन्तर्गत रंगभूमि मैदानका हुने धनुष यज्ञका लागि पाँच सय दर्शनार्थीहरुका मञ्च व्यवस्थापनको कार्य भइरहेको र जनकपुरधाम आउने श्रद्धालु भक्तजनहरुको विश्रमाका लागि धनुष यज्ञ मञ्चभन्दा दक्षिणतर्फ पाँच हजार श्रद्धालु अटाउने क्षमताको विश्रामस्थल निर्माण गरिँदै छ भने तिरहुतिया गाछीमा पनि विश्रामका लागि पण्डा लगाउने तयारी भइरहेको जनकपुर धामको प्रमुख मनोजकुमार साहले जानकारी दिदै गर्दा अयोध्याबाट आएका पाँच सय जना जन्तीका लागि कलवार कुट्टीमा व्यवस्था गरिने बताएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement