श्रीलंकामा अचानक आएको चक्रावतका कारण १७ जनाको मृत्यु

दक्षिण पश्चिम बंगालको खाडीबाट उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ । सो बिपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र डीएमसीले जनाएको हो  ।

डीएमसीका अनुसार देशमा विद्यमान प्रतिकूल मौसमका कारण १ लाख ४२ हजार ६२४ परिवारका ४ लाख ७९ हजार ८७१ व्यक्ति प्रभावित हुन पुगेका छन् ।

यसबीचमा १ सय ३ घर पूर्णरुपमा र २ हजार ६ सय ३५ घरमा आंशिक क्षति पुगेको डीएमसीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ । अत्यधिक मौसमी अवस्थाबाट प्रभावित ८ हजार ४ सय ७० परिवारका कुल २७ हजार ५१७ व्यक्तिहरू हाल राहत केन्द्रहरूमा रहेको डीएमसीले जनाएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement