कुशवाहा हत्या प्रकरणका मुख्य आरोपी साढे ५ महिनापछि पक्राउ

कुशवाहा हत्या प्रकरणका मुख्य आरोपी साढे ५ महिनापछि पक्राउबाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका २ खजुरिया बस्ने सुरेन्द्र प्रसाद कुशवाहा रहेका छन् भने उनलाई विराटनगरबाट पक्राउ गरिएको हो ।

सुरेन्द्र क्याम्पस प्रमुख हरिभुषणको हत्याको मुख्य योजनाकाररनिर्देशक, हतियार व्यवस्थापक र सुटर रहेको एसपी खड्काले जानकारी दिएका हुन । सुरेन्द्रकै योजनामा थप १४ जना परिचालित भई हरिभूषणको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । गत जेठ ३२ गते हरिभूषणको बाराको आदर्श कोतवाल गाउँपालिका नजिकै गोली हानी हत्या गरिएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा खजुरियाका चाँदशी प्रसाद कुशवाहा, चन्द्रमणि कुशवाहा, अबधलाल कुशवाहा, सुमेदप्रसाद कुशवाहा, आदर्शकोतवाल ३ का चुल्हाई भन्ने श्रवणकुमार शाह, कोहल्वी नगरपालिका १० बरेवा बस्ने अम्रपाली भन्ने ब्रम्हदेव महरा, करैया माई गाउँपालिका ७ पिपरा बस्ने मोतिलाल चौधरी र बारागढी गाउँपालिका ५ बस्ने हरिन्दर महरा चमार हत्यामा संलग्न रहेको देखिएको हो ।

Advertisement

त्यसैगरी आदर्शकोतवाल २ खजुरी कालेजप्रसाद कुशवाहा, जुवेद पासवान, राजक पुर कुशवाहा, सन्नी देवल कुशवाह, र कोहल्वी नपा १० बरेवा बस्ने हरिन्दर चौधरीलाई प्रहरीले फरारको सूचीमा राखेका छन । हत्यामा संलग्न १४ जनामध्ये कसैको भूमिका हरिभूषण सवार मोटरसाइकलको रेकी गर्ने, हतियार व्यवस्थापन गर्ने, हत्यामा प्रयोग भएको मोटरसाइकल व्यवस्थापनदेखि चालकको भूमिका निर्वाह गर्ने र घटना भइसकेपछि हतियार लुकाउने लगायत रहेका छन् ।

अनुसन्धान मिसिल अनुसार सन्नी देवलको भूमिका योजनामा सामेल हुने र हरिभूषण सवार मोटरसाइकलको निगरानी गर्ने, चन्द्रमणिको भूमिका योजनाकारसँगै हातहतियार व्यवसथापन र हरि भूषणको रेकीगरी सूचना अदानप्रदान गर्ने, कालेजले हतियार व्यवस्थापन गर्ने र मोटरसाइकल चालकको भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । त्यस्तै, अवधलालले हत्या योजनामा सामेल हुनुका साथै हरिभूषणको रेकी गर्ने गरेको प्रहरीले जनाएको छ भने प्रहरीले उनको घरबाट दुई राउण्ड गोलीसमेत बरामद गरेको थियो । चुल्हाई भन्ने श्रवणकुमारले पनि हतियार व्यवस्थापनमा सहयोग गरेको प्रहरीको अनुसन्धान मिसिलमा उल्लेख गरिएको हो ।

त्यस्तै, हरिन्दरले घटनामा प्रयोग भएको हतियार र गोली सुरेन्द्रलाई बिक्री गरेको, ब्रम्हदेवले घटना भइसकेपछि हतियार लुकाएर राखेको र योजनामा प्रयोग भएको मोटरसाइकल पछाडि बसेको, हरिन्दरले हतियार बिक्री गरेको, सुमेद र ओमप्रकाशले हरिभूषण सवार टरसाइकलको रेकी गरेको अनुसन्धान मिसिलमा उल्लेख रहेको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement