बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई बुधबार बङ्गलादेश उच्च अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । त्यसपछि उनले अमेरिकी दूतावास पुगेर आफ्नो भिसा आवेदन प्रक्रिया पूरा गरेकि छन। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित पछि उनी अमेरिकी भिसाका लागि पुगेकी हुन् ।
बंगलादेश नेसन लिस्ट पार्टी बीएनपीका नेताहरूका अनुसार ७९ वर्षीया खालिदा जिया गम्भीर स्वास्थ्य समस्या सँग जुझ्दै गर्दा उनलाई कलेजो, मिर्गौला, मुटु, फोक्सो र आँखा सम्बन्धी समस्या रहेको हो ।
खालिदाविरुद्ध २०१८ मा पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिगको सरकारमा उनलाई सात वर्षको जेल र १० लाख टाका जरिवाना पनि गरिएको थियो ।