मधेश विकासको लागि फास्ट ट्रयाक र हुलाकी राजमार्ग हुनु जरुरी

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले मधेश प्रदेशको विकासको लागि फास्ट ट्रयाक र हुलाकी राजमार्ग जरुरी रहेको बताएका छन् । जनकपुरधाममा मंगलबार भएको प्रभावकारी र दु्रत सेवाका लागि बहु सरोकारवालाहरु संग कार्यशाला गोष्ठीमा यसको सदुपयोगका लागि सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यशालामा मुख्यमन्त्री सिंहले प्रदेशको द्रुत आर्थिक विकासका लागि सञ्चालनमा रहेका राष्ट्रिय महत्वका योजनाहरूको निर्माणमा गति दिन आग्रह गरेका हुन ।

वर्षौसम्म योजनाहरू पूरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको बताउदै उनले मधेश प्रदेशलाई संघीय राजधानीसंग जोड्ने फाष्टट्रयाक र हुलाकी राजमार्ग समयमा नै निर्माण भएको खण्डमा वर्षेनी रुपमा अर्बौको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन ।

Advertisement

त्यस्तै मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले यस प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक भएको बताउदै उनले मधेश प्रदेशको समृद्धि र विकासका लागि संघ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरुरी रहेको बताएका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement