सप्तरीको डाक्नेश्वी नगरपालिका क्ष्रेत्र भित्र मदिराजन्य पदार्थ विक्री बितरण तथा सेवनमा रोक

सप्तरी प्रशासनले डाक्नेश्वी नगरपालिका क्ष्रेत्र भित्र मदिराजन्य पदार्थको विक्री वितरण र सेवनमा रोक लगाएका छन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह उप निर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको जनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी विज्ञप्तिमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ मा स्थानीय तह उप निर्वाचन हुन गइरहेको हुँदा मंसिर ५ गते देखि मतगणना कार्य सम्पन्न नभएसम्म नगरपालिका भित्र मदिराजन्य पदार्थ विक्री बितरण तथा सेवन गर्न रोक लगाइएको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले यहीँ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताएका छन । निर्देशन उलंघन भएमा कानून बमोजिम कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्तक्षरित प्रेस विज्ञप्तिमा सचेत गराइएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement