विश्वकप खेल्न पाकिस्तान जान लागेको नेत्रहीन नेपाली टिमलाई भैरहवामा बिदाइ

विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई बिदाइ गरिएको छ । बुधवार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई बिदाइ गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टी २० विश्वकपमा सहभागी हुन बुधवार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेका छन ।

टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी रहेका छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लावर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने छ ।

खेलाडीलाई बिदाइ गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, संघका रुपन्देही सचिव संजय गुरुङ लगायतले उपाधि जितेर फर्किन शुभकामना दिएका हुन ।

Advertisement

खेल मुलुकको प्रतिनिधित्व मात्रै नभएर यसले राष्ट्रलाई चिनाउन समेत महत्पूर्ण योगदान दिने जनाउँदै सफलताको शुभकामना दिएका थिए । उनीहरूले खेलमा जित वा सिकाई मध्ये एक हुने बताउँदै उत्साह सहित प्रदर्शन गर्नका लागि आग्रह गरेका छन । नेत्रहीन क्रिकेटमा नेपालले गरिरहेको प्रगति सबैका लागि प्रेरणा भएको समेत उनीहरूले जनाएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement