सप्तरीको राजगढ गाउँपालिकाबाट १७ क्विन्टल लागूऔषध गाँजा प्रहरीको नियन्त्रणमा

सप्तरीको राजगढ गाउँपालिका ४ बाट प्रहरीले सोमबार राति १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । बालुवा र गिटी लोड भएको ट्रकबाट १७ क्विन्टल गाँजा प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सप्तरीको राजगढ गाउँपालिका ४ बाट प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उक्त क्षेत्रमा बालुवा गिटी भण्डारण गरी राख्ने र भारततर्फ चोरी तस्करी हुने गरेको सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन ।

Advertisement

ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा गोप्य सूचनाका आधारमा प्रहरीले चेक गर्दा १७ क्विन्टल गाँजा फेला पारेको प्रहरीले बताएका हुन ।

प्राप्त सुचना अनुसार पहाडी जिल्लाबाट लागूऔषध गाँजा सप्तरी ल्याएर भण्डारण गर्ने र यहावाट कोसी नदी हुदै डुंगामा वा वालुवा गिटीमा लुकाएर भारत तर्फ तस्करी हुने गरेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement