रुपनीको एक किराना पसलमा आगलागी हुदा लाखौंको क्षति

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ कृष्णा किराना पसलमा आइतबार राती आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय रञ्जीता देवी साहले संचालन गरेको किराना पसलमा आइतबार राती साढे ९ बजे आगलागी भएको हो ।

बिधुत लाइन सर्ट भइ पसलमा भएको आगलागीमा परी तेल,बिस्कुट,चिप्स,सुर्तिजन्य सामान, र चिउरा,पिना,डिएपी खाध,डाइफर लगायतको किराना समानहरु जलेर नष्ट भएको प्रोप्राइटर साहले जानकरी दिएकि हुन ।

आगो निभाउने क्रममा रन्जीताका श्रीमान किसुन साह घाइते भएका छन् । अनुहार, आँखा र बायाँ खुटामा आगोको रापले पोलेर घाइते साहलाई प्रहरीले तत्कालै उद्वार गरी अस्पताल भर्ना गरेका थिए ।

Advertisement

साहलाई स्थानीय प्रदेश प्रहरी होस्पिटल रुपनीमा उपचार गराइ घर फर्काइएको प्रहरीले जनाएको हो । आगलागीमा परी १२ लाख ५० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यलय रुपनीले जनाएको छ । आगो स्थानीयबासी र प्रहरी मिलेर नियन्त्रणमा लिएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement