वीरगञ्ज स्थित सडक पेटिमा एक व्यक्ति मृत फेला

वीरगञ्जमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । सोमबार साँझ सवा ७ बजेको समयमा पानिटंकी चौक र होटल भिष्वाको बिचमा पर्ने बाईपास सडकको पेटिमा एक व्यक्ति मृत अवस्थामा भेटिएका हुन् ।

स्थानियबाट जानकारी पाए पछि घटना स्थल पुगेको प्रहरी टोलीले स्थानियसँग सोधपुछ गर्ने क्रममा अन्दाजी ५५ देखि ६० वर्ष उमेरका जस्ता देखिने ति व्यक्ति दैनिक जसो मागेर हिंड्ने गरेको जानकारी पाइएको प्रहरीले जनाएको हो ।

सो क्रममा ति व्यक्तिले केहि समय पहिला होटलहरुमा पनि काम गर्ने गरेको र उनको नाम राजेश कार्की रहेको जानकारी पाएको भए पनि उनको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताएका छन ।

Advertisement

प्रहरी प्रवक्ता भारतीका अनुसार चिसोको कारण स्वास्थ्य समस्या भई मृत्यु भएको जस्तो देखिने कार्कीको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल पठाइएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement