सर्लाहीको ईश्वरपुर नगरपालिकामा आगोले जलेर घाइते एक महिलाको मृत्यु

खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा सोमबारका दिन मृत्यु भएको हो । खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी हुन । गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो ।

तत्काल स्थानीयले उद्धार गरी बयलवास स्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई किर्तिपुर पुरायाए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए ।

पुनः चितवनस्थित भरतपुर अस्पताल पुरायाइ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको सर्लाही जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement