मधेसका ७ स्थानमा उपनिर्वाचन हुदा १०३ जनाको उम्मेदवारी दर्ता

यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मधेस प्रदेशमा १०३ जनाले उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौतहट गरी चार जिल्लाका सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । सप्तरी, धनुषा, महोत्तरी र रौतहटका विभिन्न पालिकाको वडामा हुन लागेको निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दल र स्वतन्त्र गरी १०३ जनाले उम्मेवारी दर्ता गराएका हुन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुईवटा वडाका लागि १७, धनुषाको धनुषाधाम नगरपालिकाको वडाका लागि २१, महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडाका लागि २०, रौतहटका तीनवटा पालिकाको वडामा हुने निर्वाचनका लागि ४५ गरी कूल १०३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र सोही पालिकाको वडा नम्बर ४ हुने निर्वाचनका लागि १७ जनाले मनोनयन दर्ता गराएका छन् ।डाक्नेश्वरी– १ मा एक स्वतन्त्रसहित ९ जना र वडा नम्बर ४ मा ८ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत गंगाकुमार मिश्रले जानकारी दिएका हुन ।

त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा हुने निर्वाचनमा २१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । धनुषाधाममा १२ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् भने ९ जनाले स्वतन्त्र रुपमा उम्मेवारी दर्ता गराएका छन् ।

त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा हुन लागेको निर्वाचनमा २० जनाले उम्मेदवारी दिएका छन् । सो वडामा ८ वटा राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् भने १२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै रौतहटका विभिन्न पालिकाका वडामा हुने निर्वाचनमा ४५ जनाले उम्मेदवारी दिएका छन् । राजपुर नगरपालिका वडा नम्बर ६ मा १४, ईशनाथ नगरपालिका वडा नम्बर ७ मा १५ र गढीमाई नगरपालिका– ८ को वडाअध्यक्षका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएको हो ।

सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्धमा उजुरी दिन सकिने र सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने प्रदेश निर्वाचनको कार्यालय मधेश प्रदेशले जनाएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement