गढीमाई मेलाको तयारी चुस्त बनाइँदै

महागढीमाई नगरपालिका १ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी धमाधम भइरहेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला सञ्चालनको तयारी चुस्त बनाइँदै लगिएको जानकारी दिएका छन ।

एक हजार बिघा क्षेत्रमा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, एक हजार अस्थायी शौचालय, एक हजारभन्दा चापाकल जडान, दर्जनौँ बोरिङ, दुई हजार सात सय पसल, तीन वटा हेलिकप्टर, १० वटा भेन्टिलेटर सहितको दक्ष चिकित्सक द्धारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माण, दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिने गरी तयारी भइरहेको अध्यक्ष यादवले बताएका हुन । “मेलामा पर्नसक्ने आकश्मिक विपद्का लागि पूरै तयारी गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महागढीमाई मेला समितिको तर्फबाट अस्थाई अस्पताल निर्माण कार्य गर्नेभएको छ । शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी तीव्र रुपमा गरिरहेको उनले जानकारी दिएका हुन ।

Advertisement

भारतबाट मेलामा आउने भक्तजनका लागि आजैदेखि रक्सौल, मटियर्वा सिम्रौनगढ, गौर नाकाबाट हलुका सवारीसाधन लाई बिना शुल्क प्रवेश गर्ने गरी सहज तुल्याएको नगरपालिकाका नगर प्रमुखसमेत रहेका मेला समितिका अध्यक्ष यादवले बताएका छन । उनका अनुसार ठूला गाडीको हकमा भन्सार गराउने तर साना सवारी साधनलाई नि शुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको हो ।

भारतको विभिन्न ठाउँबाट आउने भक्तजनको सुविधाका लागि कम्तीमा रेल भडामा ५० प्रतिशत छुट गर्नका लागि भारतीय उच्च अधिकारी सँग कुरा भइरहेको अध्यक्ष यादवले जानकारी दिएका थिए । उनका अनुसार कठमाडौँबाट सिमरासम्म आउने हवाई जहाजलाई बढाउनका लागि छलफल भएको र मङ्सिर १० गते देखि ४० देखि ५० वटा उडान गराउने प्रतिबद्धता आएको बताएका हुन ।

पचास लाखभन्दा बढी भक्तजनलाई ‘फ्रि वाइफाइ’ सुविधा मेलाको चार किल्लाभित्रमा मेला अवधिसम्म नेपालमा रहेको विभिन्न नेट कम्पनीबाट उपलब्ध गराउने प्रतिबद्धता आएको बताएका छन । भक्तजनका लागि महागढीमाई नगरपालिका र बारा जिल्ला भरका आम नागरिकले आफ्नो गच्छे अनुसार नि शुल्क रूपमा खाना र बस्न व्यवस्थापन गर्ने बताएको छ ।

फरक प्रसङ्गमा समितिका अध्यक्ष यादवले बली गर्न आफूहरू कसैलाई प्रेरित नगर्ने भएको र स्वत स्फूर्त रूपमा बली लिएर मातामा चढाउने आउने भक्तजनको बलीको व्यवस्थापन समितिले गर्ने सोच गरेको बताएका हुन । केही समूह मेला भाँड्न लागिपरेको बताउँदै उनले माताको महिमाले कुनै हालतमा मेला नभाडिने कुरामा आफू र माता प्रति अस्थावान भक्तजनको बुझाइलाइ स्पष्ट पारेकज छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement