मधेश प्रदेशमा १६ करोड खर्चेर बनाइएको प्रसूतिगृह प्रयोग विहीन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम अन्तर्गतको प्रादेशिक अस्पताल परिसरमा १६ करोड रुपैयाँ खर्चेर बनाइएको प्रसूतिगृह बर्थिङ सेन्टर्उ दघाटन भएको सात महिना पुगिसक्दा पनि प्रयोगमा आएको छैन ।

अमेरिकी इण्डो प्यासिफिक कमाण्ड र अमेरिकी राजदूतावासको सहयोगमा निर्मित ७० बेड क्षमताको धनुषा बर्थिङ सेन्टर १६ चैत २०८० मा उदघाटन गरिएको थियो । त्यसको शिलान्यास र उदघाटन दुवै उप्र धानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरेका थिए ।

तर अहिलेसम्म बर्थिङ सेन्टर प्रयोगमा ल्याउन नसकेको प्रतिष्ठानका उपकुलपति प्रा डा अंकुर साह बताउँछन् । उनको भनाइमा बर्थिङ सेन्टरमा प्रयोगमा ल्याउन प्राविधिक समस्याहरु छन् । मुख्य समस्या प्रादेशिक अस्पताल र बर्थिङ सेन्टरको बीचमा पर्ने बाटो भएको उनले बताएका हुन ।

Advertisement

पश्चिमतिर बाह्रबिघा र पूर्वतिर देवीचोक जोड्ने बाटोको वारीपारी प्रादेशिक अस्पताल र बर्थिङ सेन्टर रहेका छन् । ‘गर्भवती र प्रसूतिका बिरामीहरु वारपार गर्दा दुर्घटना हुनसक्ने भएकाले गर्दा जबसम्म बीचको बाटो बन्द गरिँदैन, तबसम्म सञ्चालन गर्न गाह्रो हुने भएको साह बताउछन् ।

बाटो बन्द गर्ने विषयमा स्थानीय जनप्रतिनिधि सँग कुरा गर्दा उनीहरुले नमानेको प्रतिष्ठानका पदाधिकारीहरुले बताएकाछन् । जनशक्ति व्यवस्थापन, बच्चाको लागि एन आईसीयु, अक्सिजन पाइप जडान लगायतका काम पनि गर्न बाँकी रहेकाले बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन कठिन भइरहेको उपकुल पति साहको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह बाटो बन्द गर्नुभन्दा बिचमा मानिस मात्रै ओहोर दोहोर गर्न मिल्ने संरचना बनाउने विकल्पबारे सोच्नुपर्ने बताएका हुन् ।

अस्पतालका एक कर्मचारीका अनुसार नवनिर्मित भवनमा थुप्रै प्राविधिक त्रुटी रहेको बताउदै नवनिर्मित भवनको माथिल्लो तलाको छतमा लगाएको टायल्स ठेकेदार कम्पनीले हस्तान्तरण गरिसकेपछि फुटाएर अर्को लगाइएको थियो । भवन भित्र सिलिङ पंखा पनि अवैज्ञानिक तरिकाले जडान गरिएको कर्मचारीहरुले बताएका छन ।

अमेरिकी दूतावासका एक कर्मचारीका अनुसार सुरुमा यो भवन निर्माणका लागि ६ करोडको बजेट रहेको तर, पछि संरचना हेरफेर लगायतका कारण निर्माण सम्पन्न गर्न करिब १६ करोड रुपैयाँ खर्च भएको थियो । क्रिय टिभ बिल डर्स कन्सर्न कम्पनीले पाँच वर्ष लगाएर बर्थिङ सेन्टर निर्माण गरेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement