बङ्गलादेश द्धारा हसिनालाई भारतबाट फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिदै

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनका लागि इन्टरपोलको सहयोग लिने तयारी गरेको छ।

बीबीसीका अनुसार मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले हसिना सहित उनको पार्टीका अन्य फरार रहेका नेताहरूको खोजीका लागि ग्लोबल पुलिस एजेन्सी इन्टरपोल को सहयोग लिने भएको हो।

यसका लागि अन्तरिम सरकारले इन्टरपोलसँग ‘रेड कर्नर नोटिस’ अलर्ट जारी गर्नका लागि आग्रह गर्ने भएको छ।

Advertisement

बङ्गलादेशमा विद्यार्थीहरूको अगुवाईमा गत जुलाईदेखि अगस्टसम्म भएको विरोध प्रदर्शनको क्रममा ७ सयभन्दा बढीको मृत्यु भएको थियो ।

जुलाईदेखि अगस्टसम्म भएको विरोधमा प्रदर्शनकारीहरु माथि दमन गर्न हसिना र अवामी लीगका अन्य फरार नेताले नै आदेश दिएको आरोप लगाइएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement