भन्सार छलेर ल्याइएको लाखौको चामलसहित एक जना रौतहट प्रहरीको नियन्त्रणमा

अवैध रुपमा भन्सार छलेर ल्याइएको चामलसहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले गौर नगरपालिका १ भन्सार चौकमा प्रदेश २ ०३ ००१ ज ०२४८ नम्बरको पिकअप बलेरो गाडीलाई चेकजाँच गरेको र जाँचको क्रममा गाडीबाट ५ लाख १२ हजार रुपैयाँ बराबरको चामल बरामद गरिएको प्रहरीले जनाएको हो ।

गाडी चालक माधवनारायण नगरपालिका २ बस्ने राजेश्वर साहलाई पनि पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दिपककुमार रायले जानकारी दिएका छन।

Advertisement

चामलसहित गाडी र चालकलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement