आइसीसी विश्वकप लिग २ मा स्कटल्याण्डमाथि नेपालको ५ विकेटको जित

नेपालले स्कटल्याण्डमाथि जित हासिल गरेको छ । आइसीसी विश्वकप लिग२ अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्ड माथि ५ विकेटको जित हासिल गरेको हो । स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए भने गुलशन झाले २५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५, आसिफ सेखले २१ र अनिल शाहले १३ रन बनाएका हुन ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४१ ४ ओभरमा अल आउट हुदै १५४ रन बनाएका थिए । स्कटल्याण्डका लागि मार्क वाटले सर्बाधिक ३४ रन बनाएका थिए । त्यस्तै नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसी, सोमपाल कामी र गुलशन झाले २ २ विकेट लिए भने आरिफ सेखले एक विकेट लिएका हुन ।

Advertisement

खेलमा अर्धशतकीय पारी खेलेका आरिफ सेख खेलको प्लेयर अफ द म्याच बनेका थिए । लिग २ मा नेपालले ७ हारपछि दोस्रो जित हासिल गरेको छ । योजितपछि नेपालको १० खेलमा ५ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ९ खेलमा ११ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको हो । अब सिरिजमा नेपालले आगामी शनिबार अमेरिकासँग खेल्ने तालिका छ भने सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement