सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारमा आइतबार राती चोरी भएको छ । दशरथ साहले संचालन गरेको आरोही ज्वेलर्सबाट ७ लाख बराबरको गरगहना चोरी भएको हो।

राति १ बजेको समयमा चोरी भएको सिसिटिभी फुटेजबाट थाहा भएको संचालक साहले बताएका छन ।

नगद ३० हजारसहित ७ लाख बरबरको सुन चाँदीको तयारी अवस्थाको गरगहना चोरी भएको उनले जानकारी दिएका हुन।

Advertisement

“चोर फुलको बोटबाट पसलमा झरेको सिसिटिभी फुटेजमा देखिन्छ,”उनले भने”चोरले टिनको छानो निकालेर चोरी गरेको प्रष्ट देखिएको छ।”

चोरीको घटना बारे अनुसन्धान गरिरहेको तथा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement