जनकपुर चुरोट कारखानालाई नीजिकरण गरिए आन्दोलन गर्ने चेतावनि

पूर्व उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले जनकपुर चुरोट कारखाना लिमिटेडलाई निजीकरण गरेर मधेश प्रदेश सरकारलाई विस्थापित गर्न खोजिरहेको बताएका छन् ।

जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै नेता निधिले वर्तमान मधेश प्रदेश सरकारको मधेस– प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका र कारखाना लाइ निजीकरण गरिए आफू त्यसको विरुद्धमा आन्दोलन गर्ने बताएका हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता निधिले भने, “म गृहमन्त्री हुँदा सरकार सँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत जनकपुर चुरोट कारखना लिमिटेडलाई ल्याइएको हो ।”

Advertisement

संघीय सरकारले पुनः जनकपुर चुरोट कारखानालाई संचालन गर्ने नाममा निजीकरण गरिरहेको कुरा आफूले केही दिनदेखि सुन्दै आएको जनाउँदै उनले भने, “यो आपत्तिजनक कार्य मात्र नभएर यो संघीयता विरोधी कदम समेत रहेको हो ।

आफूले यसबारे उद्योगमन्त्रीसमेत छलफल गरेको सुनाउँदै नेता निधिले भने, “उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन लाइसेन्स नवीकरण गर्नमात्र लागिएको छ ।”

जचुकालि लाई आफू गृहमन्त्री भएको बेला निर्णय गराएर मधेश प्रदेश सरकारको प्रशासनिक कामकाज संचालन भइरहेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनी दिएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement