बारामा पत्नीले नै मिलेमतोमा पतिको हत्या गरेको रहस्य खुलेको छ । पत्नीकै मिलेमतोमा पतिको हत्या भएको खुलेपछि हत्या आरोपमा प्रहरीले हत्याका मुख्य आरोपी रहेका एक भारतीय युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको रक्सौलको परेवा गाउँका २८ वर्षीय विजय गुप्तालाई दशगजा क्षेत्रबाट राति १ बजे पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको बारा प्रहरीले प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन । सापकोटाका अनुसार भारतीय प्रहरीको समन्वयमा घटनाको ११ औँ दिनमा गुप्तालाइ पक्राउ गरिएको हो ।
सो घटना पछि आरोपीलाई पक्राउ गर्न प्रहरी उपरीक्षक महेन्द्र खड्का भारतीय सम कक्षीसित सहयोग माग्दै आरोपीलाई पक्राउ गरिएको र प्रहरी उपरीक्षक खड्काले आरोपीले हत्या गरेको स्वीकार गरिसकेका छन् । मृतककी पत्नी मनिषाको मिलेमतोमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताएका हुन ।
मनिषा गत कार्तिक २ गतेदेखि नै प्रहरी हिरासतमा रहेका छन् । उनीहरुलाई कर्तव्य गरी हत्या गरेको कसुर अन्तर्गत अनुसन्धान भइरहेको उनले बताएको हो । गत असोज २७ गते वीरगञ्ज महानगरपालिका–३ स्थित छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारलाई हत्या गरी बाराको प्रसौनी गाउँपालिका–१ स्थित त्रिवेणी गाउँको त्रिवेणी खोलासंगै रहेको गण्डक नहर छेउमा हत्या गरी फालिएको अवस्थामा ६ दिनपछि कार्तिक २ गते शव फेला परेको थियो ।
मनिषाकी छिमेकी एक स्थानीयले जनाए अनुसार ६ दिनदेखि हराइरहेका युवक सोनारको खोजी कार्य गरिदिन भन्दै घटनाको भोलिपल्ट मनिषा र विजय दुवै जना संगै पर्सा प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए । उनले विजय र मृतक वीरेन्द्र घरबाट संगै मेला हेर्न बाइकमा निस्केका थिए । आरोपी विजय, मृतक वीरेन्द्र र उनकी पत्नी मनिषा वीरगञ्ज घरमा संगै बस्दै आएका थिए । ‘हत्या आरोपी विजयले फोनमा ‘लोकेसन’ दिएको अनुसार वीरेन्द्र पत्नी आफैं शव खोज्न घटना स्थलतर्फ गएकी थिइन् ।
तर विजयले दिएको ‘लोकेसन’ ठयाक्कै पुग्न नसकेपछि मनिषाले दोस्रो पटक विजयसित ‘लोकेसन’ मागेकी थिइन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘विजय ‘लोकेसन दिँदै घटनाको पर्सिपल्ट असोज २९ गते भारततर्फ फरार भएका थिए ।’ मनिषाकै बयानद्धारा विजयलाई पक्राउ गरेको र विजयले मेला हेर्न भन्दै सोनारलाई लगेदेखि घर नफर्किदा खोजतलास गर्दै जाँदा प्रहरीले शव भेटाएको हो । घटनाबारे विस्तृत अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन ।