जनमत पार्टी नेता कार्यकर्ता आन्दोलनको तयारीमा

राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले देशभरि आन्दोलन गर्ने घोषणा गरेकै दिन जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन ।

जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयको बैठकले नेता, कार्यकर्ताहरुलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको पार्टी प्रवक्ता डा शरदसिंह यादवले जनाएका हुन् भने रास्वपाका अध्यक्ष रवि लामिछाने पक्राउको जनमतका अध्यक्ष डा सीके राउतले आलोचना समेत गरेका थिए ।

‘देशको अवस्था हेर्दा आन्दोलन गर्नुपर्ने स्थिति देखिएकाले पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको र उनका अनुसार ‘देशको विषम राजनीतिक प्रस्थितिलाई ध्यानमा राखी पार्टीको सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन गरिएको हो ।

Advertisement

पार्टीले आन्दोलनका लागि तयार रहन नेता, कार्यकर्ताहरुलाई दिएको निर्देशनको सम्बन्ध रवि लामिछानेको मुद्दासित कुनै सम्बन्ध नरहेको प्रवक्ता यादवले प्रष्ट्याएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement