जम्मू कश्मीरमा टनेल कामदार माथि गोली प्रहार हुदा ७ जनाको मृत्यु

जम्मू–कश्मीरको गान्दरबलमा आइतबार राति आतंकवादीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा छ जना श्रमिक र एक जना डाक्टरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो आक्रमण मध्य कश्मीरको गान्दरबल जिल्लामा सुरुङ निर्माण गरिरहेको एक निजी कम्पनीको शिविरमा भएको थियो। जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्ला, केन्द्रीय गृहमन्त्री अमित शाह लगायत अन्य नेताहरूले यो आतंकवादी आक्रमणको निन्दा गरेका हुन्।

जानकारी अनुसार आतंकवादीहरूले राति करिब ८ः१५ बजे स्वचालित हतियारहरूबाट गोली चलाएका थिए। घटनाको समयमा मजदुरहरू खाना खान मेस नजिक पुगेका थिए र क्याम्प भने घना जंगलको बीचमा अवस्थित रहेको हो। मृतकहरूमा मध्य कश्मीरको बडगामका डा शाहन वाजसहित सात जनाएको मृत्यु भएको हो ।

Advertisement

कश्मीरमा यस वर्षको पाँचौं लक्षित आक्रमणमा धेरै अन्य व्यक्तिहरू समेत घाइते भएका छन्। १६ अक्टोबरमा मुख्यमन्त्री उमर अब्दुल्लाको नेतृत्वमा नयाँ गठबन्धन सरकार सत्तामा आएयता यो दोस्रो आक्रमण हो।
यसप्रकारका आक्रमणले आतंकवादीहरूले सर्वसाधारण नागरिकहरूलाई दुःख दिने प्रवृत्ति रहेको देखाउने गरेको छ। ९ जूनमा जम्मू क्षेत्रको रियासी जिल्लामा सात तीर्थयात्री, चालक र कन्डक्टरको मृत्यु भएको थियो, जबकि ४१ अन्य घाइते भएका थिए।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement