सर्लाहीमा मिटरब्याज पीडितद्वारा प्रहरी कार्यालय घेराउ

मिटरब्याज पीडितहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन । मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीले अनुचित लेनदेन सम्बन्धी मुद्दामा प्रहरीले ढिलासुस्ती तथा साहु महाजनको पक्षमा निर्णय गर्ने गरेको भन्दै आफूहरुले बुधबार प्रहरी प्रशासनविरुद्ध नारावाजीसहित जुलुस प्रदर्शन गरेको पीडितहरुले बताएका छन् । अनुचित लेनदेन सम्बन्धी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अहिलेसम्म २ हजार ३ सय २६ वटा मुद्दा दर्ता भएको छ । जसमा ७ सय ७१ वटा मुद्दा फछ्र्यौट गरिएको छ भने १५ सय २४ मुद्दाको कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । जसमध्ये ३१ वटा मुद्दा मिलानमा कुरा नमिलेपछि आवश्यक कारबाहीका लागि मिटरब्याज सम्बन्धी कानुन २०८० बमोजिम मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ ।

यता मिटरब्याज पीडितहरुले प्रहरीमाथि साहु महाजनको पैसा लिएर महाजनहरुकै पक्षमा निर्णय गरेको भन्ने आरोप लगाउँदै प्रहरी कार्यालय घेराउ गरेका हुन । मिटरब्याज पीडितहरु माथि साहु महाजनले गुण्डा परिचालन गरी कुटपिट गरिरहेको मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीका अध्यक्ष रुकमनी चौधरीले बताएका हुन । उनले पीडितहरु माथि पिडकले अब कुटपिट गर्न थालेको र कुटपिट हुँदा प्रहरीले समेत मिटरब्याज पीडितलाई दबाउन खोजेको आरोप उनले लगाएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement