योङ ब्वाइजमाथि बार्सिलोनाको फराकिलो जित

युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले योङ ब्वाइजमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले योङ ब्वाइजमाथि ५ ० गोलअन्तरको फराकिलो जित निकालेको हो । बार्सिलोनाको जितमा रोवर्ट लेवान्डोस्कीले २ तथा राफिन्हा र इनिगो मार्टिनेजले समान १ १ गोल गरेका हुन ।

खेलको ८औँ मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए पश्चात खेलको ३४औँ मिनेटमा ब्राजिलियन स्टारराफिन्हाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका हुन ।

खेलको ३७औँ मिनेटमा इनिगो मार्टिनेजले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ३ ० को अग्रता लिन सफल भए र खेलको ५१औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका थिए । त्यसपछि खेलको ८१औँ मिनेटमा योङ ब्वाइजका मोहम्मद अलि कामराले आत्मघाती गोल गरेपछि बार्सिलोना ५ ० को फराकिलो जित निकाल्न सफल भएका हुन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement