बाढी हेर्न खोलामा जाँदा दुई जनाको मृत्यु

बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनी खोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसा सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जसवालले बताएका हुन । यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएकि बालीका रोहित साहसँगै  बाढी हेर्न गएकी थिइन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement