मलेसियाको जेलमा १४१ नेपाली बन्दि,६ जनालाई जन्मकैदको सजाय

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर त्यहाँ पुगेका उनीहरू विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका हुन् ।

मलेसियाको पेनाल कोर्टमा ४२ जना नेपाली रहेका छन् । बलात्कार, झैझगडालगायतका मुद्दा उनीहरूमाथि लागेकोे १५ जनालाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा लागेको ५७ जनालाई इमिग्रेसन कानुन उल्लंघन गरेको आरोप लागेको मलेसिया स्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी बलि रामप्रसाद धामीले जानकारी दिएका हुन । अन्य २१ जना विभिन्न मुद्दामा जेल परेका छन् ।

यस्तै, ६ जनालाई आजीवन जेल अर्थात् जन्मकैदको फैसला भएर आएको प्रथम सचिव तथा सूचना अधिकारी धामीले बताएको हो । आर्थिक वर्ष २०८० ८१ मा मलेसियाको जेलमा ४ सय ८१ नेपाली रहेकामा त्यो संख्या घटेर साउन अन्तिमसम्म आइपुग्दा १ सय ४१ मात्र रहेको सचिव धामीले बताएकाछन् ।

Advertisement

साथीभाइसँगको कुलत र छिट्टै धनी बन्ने महत्वाकांक्षाका कारण नेपाली कामदार फस्ने गरेको उनले बताएका हुन । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहार जन्य समस्यालगायत कारण नेपाली नागरिक जेल पर्ने गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको र गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष सोक्सोले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म कैद सजाय हुने र कैद भुक्तानपछि डिपोर्ट गर्ने गरेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement