पानी दुर्घटनामा परी जापानमा २४२ को मृत्यु

जापानमा जुलाई र अगस्टमा पानी सम्बन्धी दुर्घटनामा परी दुई सय ४२ जनाको मृत्युको भएको छ । यो लगातार तेस्रो वार्षिक वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको हो ।

राष्ट्रिय प्रहरी एजेन्सीले दुई महिनाको अवधिमा समुन्द्र, खोला र अन्य जलस्रोतमा दुर्घटनाको सङ्ख्या एक वर्ष अघिको तुलनामा ३५ ले बढेर चार सय ८८ पुगेको प्रा रम्भिक प्रतिवेदनमा जनाएका छन ।

यी परिस्थितिमा छ सय एक जना मानिस प्रभावित रहेको र तीमध्ये जुनियर हाई स्कूल वा त्योभन्दा कम उमेरका एक सय पाँच रहेका थिए भने मृतक वा बेपत्ता दुई सय ४२ जनाको सङ्ख्यामा एक वर्षअघिको तुलनामा छ जनाको सङ्ख्याले बढेको छ ।

Advertisement

 

एजेन्सीका अनुसार मृत्यु भएका वा बेपत्ता भएकामध्ये एक सय १७ जना समुन्द्रमा, ८८ नदीमा र २० जना जलमार्गमा दुर्घटनामा परेका हुन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement