आजको मौसम अपडेटमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव जारीे रहदा पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको विभागले जनाएका छन ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभाग द्धारा जारी मौसम बुलेटिनमा उल्लेख गरिएको छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी बतासको पनि सम्भावना रहेको हो ।

Advertisement

विभागले आगामी २४ घण्टामा कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही भागमा हुरीबतासको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement