आजको मौसम अपडेटमा तीन प्रदेशमा भारी वर्षा हुने तराईमा भने हावाहुरीको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहदा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहि कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको विभागले जनाएको हो ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेश एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहि कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसा धारणलाई सतर्क रहन विभागले अनुरोध समेत गरेका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement