भव्यताका साथ अवतरण दिवसको महायज्ञ सम्पन्न

८ सेप्टेम्बर १९५१ मा जन्म भएको कबीर साहेबको वर्तमान अवतारको रुपमा चर्चित सन्त रामपालजीको धरतीमा अवतरण मानेर मनाइने गरिएको अवतरण दिवस हरेक वर्ष जस्तै यस बर्ष पनि भव्यताका साथ मनाइएको छ। यस दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा भदौ २१ देखि २३ गते सम्मका लागि सतलोक आश्रम धनुषामा आयोजित अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम आईतबारका दिन परमात्माको भोग आरती गरी सम्पन्न भएको छ। सन्त रामपालजीले सत्य ज्ञान प्रचार गर्दा जीवनमा गर्नुपरेको संघर्षहरुको प्रमाण तथा कबीर साहेबको जीवनमा भएका संघर्षहरुको पनि प्रदर्शनी लगाएर देखाइएका छन् । यस पाठको यज्ञमा कैयौं क्विन्टल शुद्ध घ्युको हवन रुईको बाती लगाएर गरिएको छ जसले वातावरणका साथै सबैको चित्त पनि शुद्ध बनाउने गर्छ र वेद अनुसारको विधी यहि नै हो भन्ने अनुयायीहरुको भनाई छ।


यस कार्यक्रममा विभिन्न राजनैतिक तथा प्रसासनिक गण्मान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। सन्त रामपालजी महाराजका अनुयायीहरुले १७० युनिट रक्तदान गर्नुका साथै जम्मा १० नव जोडिहरुको दाइजोमुक्त अन्तर्जातीय सामुहिक विवाह रमैणी पनि सम्पन्न भएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement