इजरायलको आक्रमणमा परी कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु

शनिबार इजरायलको आक्रमणमा परी कम्तीमा ३१ जना प्यालेस्टिनीहरू मारिएको स्वास्थ्य स्रोतहरूले बताएका छन्। शनिबार गाजाभर भएका इजरायली आक्रमणमा उक्त संख्यामा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका हुन् ।

यसैबीच इजरायलमा करिब ७ लाख ५० हजार जनाले विरोध प्रदर्शन गरेका छन् । जसलाई इजरायलको इतिहासकै सबैभन्दा ठूलो विरोधमध्ये एक मानिएको छ।कैदमा रहेका मानिसहरूलाई घर फिर्ता ल्याउन सरकार असफल भएको कारण सो बिरोध चर्किएको हो ।

लेबनानी प्रधानमन्त्री नजिब मिका तीले शनिबार दक्षिण लेबनानमा भएको आक्रमणमा तीन जना स्वास्थ्यकर्मीको मृत्यु भएपछि इजरायलको ‘मानव मूल्य मान्यता’ को ठाडो उल्लङ्घन भएको भन्दै निन्दा गरेका छन्।

Advertisement

इजरायलको गाजा क्षेत्रको युद्धमा कम्तीमा ४० हजार ९३९ जनाको मृत्यु भएको छ भने ९४ हजार ६१६ जना घाइते भएका छन्।यता हमासको नेतृत्वमा अक्टोबर ७ मा भएको आक्रमणमा परी इजरायलमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको हो भने करिब २३९ जनालाई बन्धक बनाइएको थियो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement