सतलोक आश्रम धनुषामा प्रारम्भ अवतरण दिवसको महायज्ञ

यहि आउँदो भाद्र २३ गते तदनुसार ८ सेप्टेम्बर १९५१ मा पर्ने सन्त रामपालजी महाराजको अवतरण दिवसको उपलक्ष्यमा आज भाद्र २१ गते देखि धनुषा जिल्लाको मिथिला न।पा। (२ मा स्थित सतलोक आश्रम धनुषामा हुने भनिएको अमर ग्रन्थको तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डाराको महायज्ञ कार्यक्रम आज प्रारम्भ भएको छ। आज शुक्रबार बिहान ९।१५ बजे आदरणीय सन्त गरीबदासजी महाराज द्वारा रचित अमर ग्रन्थको पाठ प्रकाश गरी उक्त कार्यक्रम प्रारम्भ भएको हो। आज शुरु भएको अमर ग्रन्थको वाणीको पाठ तीन दिन सम्म नरो किकन निरन्तर चलिरहने र अन्तिम अर्थात् तेस्रो दिन भोगका वाणीका साथमा सम्पुर्ण हुनेछ।

यस कार्यक्रममा भारतका विभिन्न प्रान्तहरुका साथै अमेरिका,बेलायत,जापान,मलेसिया, अस्ट्रेलिया लगायत अन्य कैयौं देशहरूबाट पनि श्रद्धालुहरु आउने क्रम जारी रहदा नेपालभरि बाट पनि लाखौं श्रद्धालुहरु उपस्थित भएका छन् । पहिलो दिन मात्र बिहान देखि बेलुका सम्म करीब डेढ लाख श्रद्धालु सहभागी भएका छन् । यस कार्यक्रम अन्तर्गत आज शनिबार कैयौं जोडीहरुको दाइजोमुक्त सामुहिक विवाह गराउने तथा अत्यधिक संख्यामा रक्तदान गराउन विशाल रक्तदान शिविरको समेत आयोजना हुँदैछ।

पाखण्ड र सामाजिक विकृतिहरु माथी प्रहार गर्दा कबीर साहेबजीले आफ्नो मानव लीलाको क्रममा गर्नुभएका संघर्ष तथा भोग्नुपरेका यातनाहरुको बारेमा पनि चित्रण गरी आध्यात्मिक प्रदर्शनी लगाइएको छ जसमा सन्त रामपालजी महाराजले पनि सत्य ज्ञान प्रचार शुरु गरेदेखि वर्तमान समयसम्म गरिने भएको संघर्षको गाथा देखाइका चित्रहरु लगाइएका छन् । सन्त रामपालजी महाराजद्धारा बताइएको शास्त्र आधारित ज्ञानका चित्रहरू पनि प्रदर्शनीमा लगाएका छन् भने अत्याधिक राम्रो सँग आश्रमलाई सजाइएको हो।

Advertisement

सहभागी हुने श्रद्धालुहरुलाई जुता चप्पल राख्ने देखि लिएर मोबाइल चार्ज गर्ने, प्राथमिक उपचार सेवा, नुहाउने , खाने र सुत्ने सबै व्यवस्थाहरु चुस्त दुरुस्त रुपमा र नि शुल्कमा गरिएको छ। श्रद्धालुहरुलाई प्रसादका रुपमा शुद्ध घ्युमा बनेका लड्डु, जेरी, बर्फी साथै पुरी, शब्जी, अचार, दाल, सलाद आदी दिइँदै छ भने शुद्ध घ्युमै बनेको हलुवा मुख्य प्रसादको रुपमा रहेको हो। सामान्य नागरिक देखि लिएर प्रधानमन्त्री,रास्ट्रपति सम्मलाई यस कार्यक्रममा सहभागी हुन आमन्त्रित गरिएको छ।

सन्त रामपालजी महाराजको जन्म भारतको हरियाणा प्रान्त स्थित सोनिपत जिल्लाको धनाना गाउँमा ८ सेप्टेम्बर १९५१ मा भएको थियो। सन्त रामपालजी महाराज पुर्ण परमात्मा कबीर साहेबको वर्तमान अवतार सतलोक बाट अवतरित भएकोले रामपालजी महाराजको जन्म दिवस नमनाएर अवतरण दिवस मनाइएको र भविष्यमा उहाँ द्वारा सारा विश्वका प्राणीहरुको कल्याण हुने भएकाले उहाँ जस्तो माहापुरुष र परम सन्त पृथ्वीमा आउने शुभ दिन सबैले मनाउनु पर्ने आश्रमका व्यवस्थापन समिति तथा अनुयायीहरुको तर्क रहेको छ।

सन्त रामपालजी महाराजले आफ्नो तत्व ज्ञानद्वारा सबै किसिमका सामाजिक विकृतिहरु जस्तै चोरी,भ्रस्टाचार,दाइजो प्रथा, कुलत, कन्या भ्रुणहत्या, छुवाछूत तथा भेदभाव, अस मानता, , अन्धविश्वास तथा पाखण्ड्वाद, घरेलु हिंसा, अनैतिकता आदीको अन्त्य गरिरहेको र मोक्ष प्राप्तिको यथार्थ सहज मार्ग प्रदान गरिरहेका हुन । यस कार्यक्रममा उपस्थित हुन घर बाट हिँडेपछि पाईला पाईलाको एक यज्ञ बराबर पुण्य हुने र यहाँको प्रसाद ग्रहण गर्दा पाप नाश हुने तर्क अनुयायीहरुको छ जसको प्रमाण श्रीम द्भागवत गीतामा रहेको उनले बताएको छन।

कार्यक्रम प्रारम्भ गर्नुभन्दा पहिले पत्रकार सम्मेलन गरी कार्यक्रमको सर्वजनिक रुपमा निमन्त्रणा दिंदै पत्रकार हरु द्वारा सोधिएका आम जनताको चासोका विषयहरुका बारेमा पनि आश्रम व्यवस्थापनका पादाधिकारीहरुले सन्तुष्टिजनक जवाफ पनि दिएका हुन। कार्यक्रमको पहिलो दिनको सहभागीता अनुसार दिनभरिमा करीब २ लाख जति संख्यामा श्रद्धालुहरुको उपस्थिति देखिने अनुमान रहेको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement