नेपालबाट दक्ष कामदार लैजान इराकले देखायो इच्छा

आफूमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नेपालबाट दक्ष कामदार लैजान इराकले इच्छा देखाएको छ । इराकले नेपालसँग श्रम समझदारी गर्ने प्रस्ताव समेत गरेको हो । कुनै समय द्वन्द्व र युद्धका कारण थलिएको इराक अब पूर्वाधार विकासमा अघि बढ्ने भन्दै नेपालबाट दक्ष जनशक्ति लैजान नेपालसँग श्रम समझदारी गर्न अग्रसर भएको हो ।

इराकमा श्रम गर्न वा घुम्न जान पनि नेपाली नागरिकलाई प्रतिबन्ध लगाइएको थियो । नेपालले सुरक्षाको कारण देखाउँदै ०६१ सालदेखि आफ्ना नागरिकलाई इराक भ्रमण गर्न वा त्यहाँ गएर काम नगर्न प्रतिबन्ध लगाएको छ । ०६१ भदौ १६ मा १२ जना नेपालीलाई एक इराकी विद्रोही समूहले हत्या गरेपछि नेपाल सरकारले उक्त निर्णय गरेको थियो । इराकीहरूले पटक–पटक विभिन्न माध्यममार्फत उक्त प्रतिबन्ध हटाउन खोजिरहेका छन् । नेपालले भने सुरक्षाकै कारण इराकमा नेपाली पठाउन नमानेको हो ।

 

Advertisement

नेपालबाट दक्ष कामदार लैजान नयाँदिल्लीस्थित कार्यवहाक राजदूत सुरेन्द्र थापालाई नयाँदिल्ली स्थित इराकको राजदूतावासका नियोग उपप्रमुख नजम मिर्जानले आग्रह गरेका छन् । गत मंगलबार दिल्लीमा भएको भेटवार्तामा उनीहरूबीच इराकमा नेपालबाट दक्ष कामदार लैजाने सम्बन्धमा कुराकानी भएको नेपाली दूतावासले जनाएको छ । ‘हामी अब पूर्वाधार विकासमा लागिरहेका छौं  मिर्जानका अनूसार त्यसका लागि धेरै कामदारको आवश्यकता पर्ने भएको हो ।

इराकमा श्रम पठाउने सम्बन्धमा आवश्यक प्रक्रियाबारे आवश्यक विषय बुझेर जानकारी दिने कार्यवाहक राजदूत थापाले बताएका छन । थापाले इराकको आग्रहलाई परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन् । अब परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरेर इराकलाई जवाफ दिने जनाइएको हो । नेपाली पक्षले इराकको वर्तमान सुरक्षा र भविष्यमा हुन सक्ने खतराको अध्ययन र समीक्षा गरेर मात्र कुनै पनि निर्णय लिने परराष्ट्र स्रोतले बताएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement