इजरायली आक्रमणबाट वेस्ट बैंकमा ३३ प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकमा इजरायलको सैन्य कारबाहीमा एक हप्तामा ३३ प्यालेस्टाइनी मारिएका छन् । करिव १ सय ४० जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको हो । मृत्यु हुनेहरूमा जेनिनमा १९, टुबासमा चार र तुल्का रममा सात जना प्यालेस्टिनीहरू छन् । सबै उत्तरी वेस्ट बैंकका रहेका छन् । साथै दक्षिणमा हेब्रोनमा तीन जना रहेको रामल्लाह स्थित मन्त्रालयले जनाएका हुन ।

इजरायली सेनाले बुधवार लगातार आठौं दिन जेनिन शहर र त्यसको शिविर विरुद्धको कारबाही जारी राखेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको हो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा गाजा स्ट्रिपमा प्यालेस्टाइन–इजरायली द्वन्द शुरु भएदेखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट ६८० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement