बालोन डे’ओरको मनोनयन सार्वजनिक हुदा अटएनन् विश्व चर्चित फुटबलर

बालोन डे’ओरको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको हो । फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो ।

यसपटक विश्व फुटबलका सुपर स्टारहरु लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो भने यो पटक मनोनयनमा परेका छैनन् । मेसीले सर्वाधिक ८ पटक बालोन डे’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् ।

पुरुष वर्ष खेलाडीतर्फ जुड बेलिङ घम, रुबेन डियाज, फिल फोडेन, फेडे रिको भलभर्डे, एमि लियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभ बिक, टोनि क्रुस, भिनि सियस जुनियर, डानी ओल्मो, फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, ह्यारी केन, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हा नोग्लु, विलियम सालिवा, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज, एडे मोला लुकमन, एन्टो नियो रुडिगर, अले जान्द्रद्य ग्रिमाल्डो ३० जनाको मनोनयनमा परेका हुन ।

Advertisement

यस्तै महिलातर्फ अइताना बोन माटी, लुसी ब्रोन्ज, लाउ रेन्स जेम्स लगायत खेलाडी छन् । उत्कृष्ट गोलकिपरतर्फ डिएगो कोस्टा, जियान लुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउ निन, माइक माइ गनान, जिओर्जी मामा र्दाच्भिली, एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स मनोनयनमा छन् ।

उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका लागि पाउ कुबार्सी, अलेजान्द्र गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, करिम कोनाटे, कोबी माइनो, साभिन्हो, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी मनोनयनमा छन् ।

उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ जाबी अलोन्सो, कार्लो एन्सेलोट्टी, लुइस डे ला फुएन्टे, लियोनल स्कालोनी, पेप ग्वार्डिओला र जियान पिएरो गास्पेरिनी मनोनयनमा छन् ।

महिलातर्फको प्रशिक्षकमा सोनिया बोम्वास्टोर, आर्थर एलियास, जोनाथन गिराल्डेज, एम्मा हायेस, फिलिपा पाटाओ, सारिना विएगमान मनोनयनमा छन् ।

यसैगरी वर्षको उत्कृष्ट क्लबतर्फ रियल मड्रिड, म्यानचेष्टर सिटी, बायर लेभर कुजन, बोरुसिया डर्टमण्ड र जिरोना मनोनयनमा छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement