आजको मौसम अपडेटमा देशभर मनसुनी वायुको प्रभाव

हाल देशभर मनसुनी वायुको प्रभाव रहिरहदा जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सफा रहेको हो भने कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । त्यस्तै आज दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।यस्तै कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो भने कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने समेत महाशाखाले पूर्वानुमान गरेको छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement