भन्टाबारीबाट स्कार्पियो सहित ३३६ केजी गाँजा बरामद

सुनसरी जिल्लामा पछिल्लो समय गाँजा तस्करी बढ्दै गएको क्रममा सुनसरी जिल्लाको कोशी गाउँपालिका क्षेत्रबाट ठूलो परिमाणमा नेपाल प्रहरीले गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाको आधारमा कोशी गाउँपालिका वडा नम्बर ८ स्थित भण्टावारीको सीमावर्ती क्षेत्रबाट सो गाँजा बरामद गरिएको हो।

स्रोतका अनुसार नेपालबाट तिनकुने नाका भई एचआर २६ बि ०९९०४ नम्बरको भारतीय स्कार्पियो गाडीमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा ३३६ केजी गाँजा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले चेकजाँच गरिरहेको अवस्थामा गाडी छाडी चालक फरार भएको सुनसरी प्रहरीको दाबी गरेको छ।

Advertisement

शङ्का लागेर उक्त गाडी चेकजाँच गर्दा कालो सेतो र हरियो प्लास्टिकले बेरेर राखेको १० बोरा लागूऔषध गाँजा फेला पारी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ भने पछिल्लो समय कोशी ब्यारेज र भण्टाबारीको नाका भई भारततर्फ गाँजा तस्करी हुने गरेको स्रोतले दाबी गरेको हो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement