कञ्चनरुपकामा नगर प्रमुख गुप्ताले एकसातापछि रौनियारलाई सरुवा गराएइ ल्याए यादबलाई

सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले प्रमुख प्रशसाकीय अधिकृत रामनारायण साह रौनियार लाई सरुवा गराएर उनको ठाउँमा कमलदेव यादबलाई ल्याएका छन् ।

एक बर्षभन्दा बढी र नगरप्रमुख गुप्ताको स्वार्थ अनुकुल काम गर्न इन्कार गर्नका साथ प्रमुख प्रशासकीय अधिकृत हेरेफेरको क्रम अझै रोकिएको छैन ।

गत आर्थिक बर्षमा बिबादित केही भुक्तानी गर्न प्रमुख प्रशासीय अधिकृत साहले अस्वीकार गरेपछि लगत्तै नगरप्रमुख गुप्ताले नयाँ हाकिम खोज्दै हिडेका थिए । एक साताअघि नै कमलदेव यादबको सरुवा भएपनि प्रमुख प्रशासकीय अधिकृत साहले सरुवा रोकाउन र नगरप्रमुख गुप्ता सरुवा भएका नयाँ हाकिम यादबलाई ल्याउन एक सातादेखी काठमाडौंमा बसेका हुन।

Advertisement

नगरप्रमुख गुप्ताले रामनारायण साहको सरुवा थमौटी गर्न गएको बाहिर हल्ला चलेपनि खासमा कमलदेव यादबको सरुवा गराएर ल्याउन गएको पाइएको होे ।

एकसातादेखी पालिका प्रमुख गुप्ता र प्रशासकीय अधिकृत रामनारायण साहले कार्यालय संचालनका लागि अति आवश्यक दर्ता चलानी र हाजरी रजिष्टर समेत बन्द गरेर काठमाडौं गएपछि सेवा प्रभावित हुनुका साथै कर्मचारीहरुले हाजरी समेत गर्न पाएका थिएनन् ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई समेत नगरप्रमुख गुप्ताले बेज्जतीपूर्ण तरिकाले सरुवा गराएका थिए भने पुरुषोत्तत घिमिरेलाई त हातपात नै गरेर भाग्न बाध्य बनाएका थिए । कञ्चनरुप नगरपालिकाका प्रवक्ता कृष्णा प्रसाद साहले बुधबारदेखी कार्यालय नियमित रुपमा संचालन हुने बताएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement