सुडानमा विस्थापितहरूको शिविरमा गोलीबारी हुदा २० जनाको मृत्यु

सुडानी अर्ध सैनिकहरूले देशको डार्फर क्षेत्रमा विस्थापितहरूको शिविरमा गोलीबारी गर्दा कम्तिमा २० जनाको मृत्यु भएको एक स्थानीय समितिले बताएको छ ।अल–फाशरको स्थानीय समितिका अनुसार अहिलेसम्म अबु शौक विस्थापन शिविरका बासिन्दाहरूको हताहतको बारेमा प्राप्त गरेको जानकारीमा कम्तीमा २० जना मारिएका र ३२ जना घाइते भएका छन् ।

अल–फाशरलाई अर्धसैनिक र्यापिड सपोर्ट फोर्स आरएस एफ ले डार्फर सहरलाई आफ्नो नियन्त्रणबाट बाहिर निकाल्ने प्रयासमा मे महिनादेखि घेरेको हो ।अल–फशर समिति तल्लो तहको नेटवर्कको हिस्सा रहेको बताइएको छ । अल–फशर समितिले गत वर्ष सेना र आरएस एफबीच युद्ध सुरु भएदेखि प्रजातन्त्र समर्थक विरोध प्रदर्शनहरू आयोजना गर्न समन्वय गरेको हो ।

सुडानमा द्वन्द्व सन् २०२३ मा सुरु भए येता दश हजार भन्दा बढिले ज्यान गुमाइसकेका र लाखौँ व्यक्ति विस्थापित भएका छन् । यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटको सामना गरेको हो । सुडानको धेरै क्षेत्रका नागरिकले भोकमरीको सामना गर्नु परिरहेको संयुक्त राष्ट्रसङ्घले बताएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement