प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कन्चनरुप नगारपालिका पहिलो स्थानमा सम्मानित

प्रधानमन्त्री रोजगार कार्यक्रमको आ व २०८० २०८१ को वार्षिक समिक्षा गोष्ठी मधेश प्रदेशको बर्दिवासमा सञ्चालन गरिएको छ । मधेश प्रदेशको १३६ बटै स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रका रोजगार संयोजक तथा सो जिम्मेवारीमा रहेका प्रतिनिधि कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको उदघाटन सत्र नेपाल सरकार ,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समिक्षा कार्यक्रममा मधेश प्रदेशमा उत्कृट कार्यसम्पादन गरेका तीनवटा पालिकाहरुलाई सम्मान गरिएको थियो । रोजगार संयोजकको पछिलो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कन, कार्यक्रमको आर्थिक प्रगति विवरण, औषत रोजगारीको दिन संख्या र स्थानीय तहबाट गरिएको लागत साझेदारी गरी जम्मा चार वटा सूचकहरुको अधारमा उत्कृष्ट स्थानीय तह र सो स्थानीय तहमा कार्यरत रोजगार संयोजकलाई कदर पत्र सहित सम्मान गरिएको हो ।

मधेश प्रदेशका उत्कृष्ट पालिकाहरुमा सप्तरीका कन्चनरुप नगारपालिका अन्तरगत रोजगार संयोजक पुनम कुमारी चौधरी, सिरहाका मिर्चैया नगरपालिका अन्तरगत रोजगार संयोजक गणेश गुप्ता तथा सर्लाहीका बागमती नगरपालिका अन्तरगत रोजगार संयोजक निलम कुशवाहालाई सम्मान गरिएको हो ।

Advertisement

समिक्षा कार्यक्रममा श्रम सचिव मुकुन्द प्रसाद निरौलाले प्रभावकारी रुपमा परिणाम मुखी कार्य गर्न निर्दशन समेत दिएका छन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डु राज घिमिरे, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सिला मिश्र, महोत्तरी जिल्ला समन्वय समिति प्रमुख सुमन कर्ण लगायतका उपस्थिति रहेको थियो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement