ब्राजिलियन एन्ड्रिकको अन्तिम गोल संगै रियल मड्रिडको सानदार जित

आइतबार राति सम्पन्न खेलमा फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले समान एक गोल गद्धा रियल मड्रिडले स्पेनिस ला लिगामा रियल मड्रिडले भाला डोलिड व्रिरुद्ध ३–० को सहज जित निकालेको छ ।

खेलको ५०औं मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए त्यस्तै ८८औं मिनेटमा डियाजले गोल गर्दा रियल २–० ले अघि बढ्यो भने इन्ज्युरी समयमा १८ वर्षिय ब्राजिलियन एन्ड्रिकले गोल गर्दै रियल मड्रिडले ३–० ले खेल जितेका छन ।

यही सिजनमा रियलमा अनुबन्ध भएका फ्रान्सेली स्टार केलियन एमबाप्पे भने ला लिगाको पहिलो र दोस्रो खेलमा पनि गोलविहीन रहेकाहुन ।

Advertisement

रियलले पहिलो खेलमा मालोर्कासँग १–१ गोलको बराबरी खेलेको थियो भने आइतबारको जितपछि रियल २ खेलबाट ४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement