पूर्वमन्त्री रायको हत्या आरोपमा पक्राउ परेका दुईजना लाई जेल चलान

पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या आरोपमा पक्राउ परेका दुईजना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । सर्लाहीको कविलासी नगरपालिका–३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका–१ स्थित रतनपुरका ४६ वर्षीय वीरेन्द्र राय कारागार चलान भएका छन् ।

१० वर्षदेखि पूर्वमन्त्रीको सहयोगीको रुपमा काम गर्दै आएका राम उजैनले नै वीरेन्द्रको योजना तथा उक्साहटमा हत्या गरेको दाबी सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीले पेस गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सर्लाही जिल्ला अदालतमा अभियोजन दर्ता गरेका थिए ।

जिल्ला न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले दुवै अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेश अनुसार दुवै अभियुक्तहरु अहिले मलंगवास्थित कारागारमा रहेको सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताएकाहुन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement