लगातार चार दिनको अनसन पस्चात भयो कमला नदीमा नयाँ पुल निर्माण गर्ने सहमति

मधेश प्रदेश सरकार र कमला नदीमा नयाँ पुल निर्माणको लागि आमरण अनशनरत सङ्घर्ष समितिबीच शुक्रबार चारबुँदे सहमति भएको छ । सहमतिपछि भदौ ४ गतेदेखि जारी आमरण अनशन समेत स्थगित भएको हो ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह र सङ्घर्ष समितिका संयोजक प्रविन कुमार मोरबैता यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन ।

हस्ताक्षर भएको चारबुँदे सहमतिमा कमला नदीमा नयाँ पुल निर्माण गर्ने, पुल निर्माणका लागि आवश्यक बजेट आगामी आर्थिक वर्ष २०८२–८३ मा राख्न सङ्घ सरकारमा पहल गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

Advertisement

सङ्घबाट बजेट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट व्यहोर्ने सहमति भएको र आगामी मङ्सिर १ गतेभित्र पुलको डिपिआर तयार गरी बोलपत्र आह्वान गरिने र नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिराहा–धनुषाको सङ्घर्षका सम्पूर्ण कार्यक्रम आजैका मितिबाट स्थगित गरिने उल्लेख गरिएको हो।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement