रौतहटमा नक्कली प्रहरी पक्राउ

रौतहटको चन्दरनिगाहपुरमा एकजना नक्कली घुमुवा प्रहरी पक्राउ परेको र सो घुमुवा प्रहरीलाइ रौतहट जिल्ला प्रहरी प्रहरीले आज सार्वजनिक गरेको हाृ । पक्राउ पर्नेमा स्थानिय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ बर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी हुन । उनलाई सार्बजनिक मुद्धा अन्तर्गत अभद्र ब्यवहार मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन ।

गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत डमरिया बजारमा गत मंगलबार राती ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा वसुल गर्ने योजनामा रहेको भनी ईलाका प्रहरी कार्यालय चन्द्धनिगाहपुरमा सूचना आएको थियो । सूचना लगत्तै प्रहरी टोलीले आरोपी रमेश साहलाई नियन्त्रणमा लिएर उसले बोकेको झोला चेकजाँच गर्दा सशस्त्र प्रहरीको एकथान तयारी पोसाक समेत बरामद भएको हो । हाल आरोपी ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement