राजगढ गाउँपालिका अध्यक्ष सहित पाँच जना माथि कार्यवाही गर्न पत्रकारहरुद्वारा जाहेरी

सप्तरीका तीन जना पत्रकारलाई दुव्र्यवहार गर्ने राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल सहित पाँच जना माथि कार्यवाही गर्न प्रहरीमा सामुहिक जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गज्जु सिद्धि बर्जाचार्यलाई बुधबार महासंघको अगुवाईमा कार्यवाहीका लागि सामुहिक रुपमा जाहेरी दिएका हुन् ।

जाहेरी दिने क्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव र प्रेस मञ्च नेपालका महासचिव अवधेश झाले सप्तरी जिल्ला प्रहरी प्रेस स्वतन्त्रताका पक्षमा रहेको विगतको नजिर रहेकोले तत्काल जाहेरी दर्ता गरि कार्यवाही अगाडी बढाउन आग्रह गरेका छन् । एसपी बर्जार्चायले जाहेरी अध्यन गरि कर्यावाही प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन ।

जनप्रतिनिधि र स्थानीयहरुले थालेको आन्दोलनका विषयमा मंगलबार समाचार संकलनका लागि पुगेका पत्रकारहरुमाथि गाउँपालिका अध्यक्ष मण्डलले दुव्र्यवहार गर्दै माइक खोसेर थुन्नसम्म लगाएका थिए । समाचार संकलन गरिरहेका नेपाल पत्रकार महासंघ, सप्तरीका सचिव तथा कान्तिपुर टेलिभिजनका सप्तरी सम्वाददाता आरएन विश्वासको माइक अध्यक्ष मण्डलले खोसेका थिए ।

Advertisement

विश्वाससँगै नेपाल पत्रकार महासंघ, सप्तरीका कोषाध्यक्ष नवीनकुमार गुप्ता र महासंघका कार्यसमिति सदस्य समेत रहेका मधेशलाइभका कार्यकारी सम्पादक तथा नेपाल समाचारपत्रका सप्तरी सम्वाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर थुन्नसम्म लगाएका हुन ।

‘समाचार संकलनको क्रममा प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार यादव बाहिर हुँदा पनि उनको कक्षमा एसी चलिरहेको थियो, उक्त फोटो खिचेर फर्किन लाग्दा गाउँपालिका अध्यक्षले अभद्र व्यवहार गर्दै बुम माइक खोसेर केही बेर थुन्नसम्म लगाएका थिए ।’

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement